सर्लाहीमा टेम्पो दुर्घटना हुँदा बालिकाको मृत्यु, चालक पक्राउ

ब्रह्मपुरी । सर्लाही जिल्लामा टेम्पो दुर्घटना हुँदा ३ वर्षीया अनुष्का पासवानको मृत्यु भएको छ ।

ब्रह्मपुरी गाउँपालिका–२ स्थित सडकमा मोहनपुरबाट सोनवर्षातर्फ जाँदै गरेको अन टेष्ट लेखिएको टेम्पो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा टेम्पोमा सवार भारत सितामढी बस्ने सोनु पासवानकी छोरी ३ वर्षीया अनुष्का पासवानको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले टेम्पो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2024 February 29, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया