मान्छे बेच्ने कार्यमा संलग्न मिया पक्राउ

काठमाडौं । मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई पक्राउ गरेको छ ।

कुवेत पठाईदिने भन्दै श्रीलंका पु¥याई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासीको प्रतापपुर गाउँपालिका–४ ठेगाना भएका मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भिजिट भिषामा श्रीलंकाको कोलम्बो पु¥याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका मियालाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रूपियाँ तलबमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भारतको नयाँदिल्ली पु¥याई त्यहाँबाट भिजिट भिषामा कोलम्बो पठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको थियो ।

मिया उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2024 February 29, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया