विमानस्थलबाट सुनसहित काभ्रेका मान्छे पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन जस्तो देखिने पहेलो धातुसहित एक जनालाई पक्राउ गरेको छ ।

पत्थर जडित करिब ४६ ग्राम २० मिलिग्राम तौलको औंठी २ थान र करिब ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री १ थानसहित ५२ वर्षीय नारायणकृष्ण श्रेष्ठलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रहरीले श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको थियो ।

श्रेष्ठ काभ्रेपलाञ्चोकको मण्डनदेवपुर नगरपालिका–५ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ बस्दै आएका थिए ।

नेपाल एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पाइन्टको गोजीमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातुसहित पक्राउ गरेको थियो ।

Published : Thursday, 2024 February 29, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया