बालेनकाे सुधारमा एमालेहरूकाे अबरोध, काठमाडौंमा झडप

काठमाडौं । एमाले निकटकाे नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले गरेकाे सुधारविरुद्द हर्कत गरेका छन् ।

बुधबार राति करिब ८ बजेतिर एमाले निकटका व्यवसायीहरूले अटेर गरेर व्यापार गर्न खाेजेपछि झडप भएकाे हाे । फुटपाथमा व्यापार गर्न खाेजेपछि महानगरका प्रहरीले अबरोध गरेका थिए ।

महनगरीय प्रहरीको अबराेध भएपछि एमाले समर्थक व्यापारीले आक्रमण गरेका छन् । झडपमा दुबैतर्फ केही व्यक्ति घाइते भएका छन् ।

काठमाडौंमा मेयर बालेन्द्र शाह `बालेन´ले सुधार गर्न खाेजेका छन् । उनकाे सुधारमा सबैभन्दा धेरै विराेध एमालेले गर्दै आएकाे छ ।

Published : Wednesday, 2024 February 28, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया