मन्त्री राणाले लुम्बिनीमा गरेकाे यातायाततर्फकाे सुधारकाे त्रिशिद्वेश्वरी राप्ती यातायात सेवाद्वारा स्वागत

देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सराेज थापा (राेज राणा)लाई त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा. लि. दाङले कार्यकालकाे शुभकामना दिएकाे छ ।

साेमबार बिहान देउखुरीमा भएको अनौपचारिक भेटघाटमा प्रा.लि.का अध्यक्ष सुरेश हमालले बधाई तथा कार्यकालकाे शुभकामना दिएका हुन् । हमालले यातायातकाे क्षेत्रमा देखिएकाे समस्या सुधारतर्फ देखाएको पहलकाे स्वागत गरेका छन् ।

मन्त्री राणाले यातायातको क्षेत्रमा सुधार गर्न आफूले कुनै सम्झौता नगर्ने बताएका छन् । उनले आफ्नो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

Published : Monday, 2024 February 26, 10:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया