काठमाडौंमा नेपाली नक्कली रुपियाँसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक हजार दरको ६ थान नक्कली नोटसहित दुई जना मान्छेलाई पक्राउ गरेको छ ।

नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाईबा रहेका छन् ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको र थप अनुसन्धान गर्ने क्रममा बुढानिलकण्ठ नगरपालिका–१२ निलो माईक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Monday, 2024 February 26, 7:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया