रोल्पामा १८ वर्षीया किशोरीलाई करणी

घोराही । जबरजस्ती करणी गरेको अभियोगमा रोल्पाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Saturday, 2024 February 24, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया