ओखलढुङ्गामा पत्नीको हत्या गर्ने शेर्पा पक्राउ

सिद्धिचरण । ओखलढुङ्गा जिल्लामा आफनै श्रीमती ४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिद्धिचरण नगरपालिका–५ बिप्ल्याटे बस्ने ४० वर्षीय काजी शेर्पाले पत्नीको हत्या गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काजीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ङिम्किमोको सामुदायिक मिसन अस्पताल ओखलढुङ्गामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Saturday, 2024 February 24, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया