नेता डा.कोइरालको चियापान तथा भेटघाट कार्यक्रम, सभापति देउवासहितका नेताहरू सहभागी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महासमितिको बैठकमा सहभागी हुन आएका महासमिति सदस्यहरूको स्वागतमा चियापान तथा भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
शनिबार बिहान लैनचौरस्थित व्याङ्केटमा नेता डा.कोइरालाले चियापान समारोह राखेका हुन् । समारोहमा सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी भएका छन् । अनौपचारिक चियापन तथा भेटघाट कार्यक्रममा सहभागी नेताहरूले मेलमिलाप र एकताको सन्देशले कांग्रेसलाई बलियो बनाउने बताएका छन् ।
चियापन तथा भेटघाट कार्यक्रममा सहभागी हुन आएका सभपाति शेरबहादुर देउवालाई नेता डा.कोइरालाले भव्य स्वागत गरेका छन् ।
महासमिति सदस्यहरूलाई डा.कोइरालाले स्वागत गरेका छन् । उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान महासमिति सदस्यहरूको ठूलो योगदान रहने बताएका छन् ।
चियापन कार्यक्रममा नेताहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाण, धनराज गुरुङ, दीपक गिरी, शंकर भण्डारी, रामहरि खतिवडा, योगेन्द्र चौधरी, मीनबहादुर विश्वकर्मा, उदयशम्शेर राणा, अर्जुनप्रसाद जोशी, डिला संग्रौला, नैनसिंह महर, उर्मिला थपलिया, विद्वान गुरुङ, रोज राणा लगायतको उपस्थिति रहेको थियो ।










बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया