तीन तहका सरकार संचालनमा देखिएका समस्याहरूलाई समाधानका लागि कांग्रेसले भूमिका खेल्ने

काठमाडौं । नेपाली कांग्रेसले तीनै तहका सरकार संचालनमा देखिएका समस्याहरूलाई समाधानका लागि पार्टीको नेतृत्वदायी भूमिकाप्रति सचेत रहने जनाएको छ ।

शुक्रबार कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘किसान, सहकारी बचतकर्ता, मिटरव्याज र लघुबित्त पीडितहरूले भोग्दै आएका पीडालाई अभिलम्व समाधान गरि पीडितलाई न्याय दिलाउँन सरकारको गम्भीर ध्यानाकर्षण गराउने ।’

‘महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नु भएका सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्तावले नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको छ’, कांग्रेसले भनेको छ ।

‘बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्’, उनले भने, ‘प्राप्त सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रुप दिने गरि तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ ।’

राजनीतिक स्थायित्व, रुपान्तरण नवीनता । स्वतन्त्रता, न्याय र समानता । नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता । उद्धघोषका साथ प्रारम्भ भई उत्साहकासाथ सम्पन्न यो बैठकबाट हासिल नवीन उर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धताका साथ यो ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य, १६५ निर्वतमान केन्द्रीय पदाधिकारी सदस्य २६, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट १०५, जनसम्पर्क समितिवाट ९७, संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित १७८०, जिल्ला सभापति ४६, महाधिवेशन प्रतिनिधिहरूबाट आमन्त्रित १५४ जना गरि जम्मा २३७३ जना सहभागी भएका थिए ।

फागुन ७ गते दिनको १ बजे उद्धघाटन गरि स्वदेश तथा विदेशस्थित जनसम्पर्क समितिबाट सहभागी जम्मा २३७३ जना महासमिति सदस्यहरूवीच ८ गते बिहानैदेखि उपरोक्त प्रस्ताव, प्रतिवेदन एवम् जानकारी प्रस्तुत गरिएको थियो ।

छलफललाई सहभागितामूलक, प्रभावकारी र परिणाममुखी बनाउन ४ समूहमा (कोशी र सुदूरपश्चिम, मधेश र कर्णाली, बागमती र गण्डकी, लुम्विनी र भ्रातृ संघ, सुभेच्छुक संस्था एवम् जनसम्पर्क समिति) विभाजन गरिएको थियो ।

फागुन ९ गते र १० गते बिहानसम्ममा चारै वटा समूहमा घनिभूत छलफल भएको कांग्रेसले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका ४८४ जना सहभागीमध्ये १६२, मधेश र कर्णाली प्रदेशका ५१३ जनामध्ये ११८, बाग्मती र गण्डकी प्रदेशका ५६१ मध्ये १८८ र लुम्बिनी, भ्रातृ संघ तथा सुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट ४०३ मध्ये १३३ जना सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

सहभागीहरूले प्रस्तुत प्रस्ताव र त्यसका अतिरिक्त आफ्ना स्थानीय सवाल र पार्टी संचालनमा देखिएका विभिन्न अफ्ठ्यारा एवम् चुनौतिवारे धारणा राख्दै पार्टी संगठनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने सुझावहरू व्यक्त गरेको कांग्रेसले जनाएको छ ।

Published : Friday, 2024 February 23, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया