कांग्रेसद्वारा महासमिति बैठकस्थल गोदावरीको सरसफाइ, राणाले दिए धन्यवाद, देखियाे राजनीतिक संस्कार

काठमाडौं । नेपाली कांग्रेस ललितपुर क्षेत्रीय कार्यसमितिले महासमितिको बैठकस्थल गोदावरीमा सरसफाइ गरेको छ ।

शुक्रबार क्षेत्रीय सभापति सुन्दरमान थिङसहितका नेता कार्यकर्ताले बैठकस्थलमा सरसफाइ भएको केन्द्रीय सदस्य उदयशम्शेर राणाले बताएका छन् । राणाले भने, ‘कांग्रेसको महासमिति बैठकस्थल आसपासमा सरसफाइ गरिएको छ । क्षेत्रीय सभापति सुन्दरमान थिङको नेतृत्वमा सरसफाइ भएको छ ।’

पोलमा गाडिएका झण्डा, प्रचार सामग्रीहरू निकालिएको छ । पर्चा, पम्लेट पनि हटाइएका छन् ।

नेता राणाले महासमिति बैठक भव्य रुपमा सम्पन्न भएको जनाएका छन् । उनले भने, ‘सम्पूर्ण महासमिति सदस्यलाई फेरि पनि धन्यवाद दिन चाहन्छु ।’

चार दिन चलेको महासमिति बैठकस्थल गोदावरीको शुक्रबार नेपाली कांग्रेस क्षेत्रीय समितिले सरसफाइ गरेको राणाले बताए ।

‘पार्टीका व्यानर, झण्डा, लगायत अन्य फोहोरहरू हटाइएको छ’, नेता राणाले भने, ‘यो कार्यका लागि क्षेत्रीय सभापति सुन्दरमान थिङजीसहित सबै साथीहरूलाई धन्यवाद । यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।’

कांग्रेसका नेता कार्यकर्ताले महासमिति बैठकस्थलमा सरसफाइ गरेर कांग्रेसले सामाजिक संस्कार देखाएको छ ।

Published : Friday, 2024 February 23, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया