३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरुलाई भोट हाल्ने कांग्रेस चाहिँदैन : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले सरकार बनाउँदा मात्रै गठबन्धन गर्नुपर्ने बताएका छन् ।

बिहीबार ललितपुरको गोदावरीमा महासमिति बैठकको समापन कार्यक्रमलाईसम्बोधन गर्दै डा.कोइालाले कांग्रेस कामजोर नरहेको बताए । उनले कांग्रेसलाई सबैले भोट हाल्ने हो भने गठबन्धन आवश्यक नपर्ने बताए ।

‘हाम्रो पार्टी कमजोर छैन । हामीले गठबन्धन गर्नुपर्ने आवश्यक्ता देख्दिन । गठबन्धन आफ्नो साथीहरूसँग गर्नुस्’, उनले भने ।

‘नेपाली कांग्रेसको तर्फ जब मत खस्छ त्यो ३६४ दिन कांग्रेस बन्ने । मत हाल्ने दिन चाहिँ अरुलाई गएर मत हाल्ने, यस्तो कांग्रेस हामीलाई चाहिँदैन’, डा.कोइरालाले भने, ‘गठबन्धन गर्दा चुनावभन्दा पहिले नै गठबन्धन गर्नु दुर्भाग्य हो । उनले भने, ‘गठबन्धन चुनाव भइसकेपछि सरकार बनाउँदा गठबन्धन गर्नुपर्छ ।’

डा.कोइरालाले धर्म निरपेक्ष मुलुक बनाएर गल्ती भएको बताएका छन् । उनले भने, ‘धर्म ननिरपेक्ष हुन्छ । नसापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ । हाम्रो चार ताराको झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो ।’

‘मेरो आमा दैनिक नृत्य गर्नु हुन्थ्यो भगवानको अगाडि । मेरो पिता वीपी कोइराला भन्नु हुन्थ्यो त्यो उसको अधिकार हो’, उनले भने, ‘उसलाई जे गर्न मन लाग्छ त्यो गर्न दिनुपर्छ । त्यही पृष्ठभूमिमा धर्म स्वतन्त्र हुन्छ । दुर्भाग्यवस हामीले धर्म निरपेक्ष बनायौँ । यो गलत हो ।’

Published : Thursday, 2024 February 22, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया