ओखलढुङ्गाका श्रेष्ठ र धादिङका मगर ५ वर्षदेखि दुबईकाे जेलमा, छुटाएर ल्याउन सभापति खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गाकाे चिसंखुगढी – ३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङकाे पहलमान मगर ५ वर्षदेखि दुबईको जेलमा रहेको बताउँदै उनीहरूलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै खतिवडाले नवलपरासीको आफ्नो साथी बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि सो अभियोगमा ५० लाख ब्लडमनिका कारणले उनीहरू जेलमा रहेको बताए ।

ब्लडमनि ५० लाखका दरले नदिए उनीहरूलाई यही महिनामा मृत्युदण्ड दिने युएई सरकारले घोषणा गरेको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले बताए । 

सांसद खतिवडाले सरकारलाई भुवन श्रेष्ठ र पहलमान थापालाई ब्लडमनि तिरेर स्वदेशमा ल्याउने पहल गर्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यसका लागि पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

सभापति खतिवडाले हमासले अपहरण गरेका विपिन जोशीको अवस्था के छ त्यसबारे सदनलाई जानकारी गराउन पनि माग गरेका छा् । रसिया युक्रेन युद्धमा नेपालीहरू मारिने अवस्था रहेकोले उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याउने वातावरण मिलाउन समेत उनले माग गरेका छन् ।

Published : Thursday, 2024 February 22, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया