महामन्त्री थापाको महत्वकांक्षा र स्वार्थका कारण मूल एजेण्डामा छलफल हुनै पाएन

काठमाडौं । गठबन्धन भत्काउने प्रस्ताव भित्र्याएर नेपाली कांग्रेसको महासमिति बैठकलाई महामन्त्री गगनकुमार थापाले डाइभर्ट गरिदिएका छन् ।

थापाका कारण कांग्रेसको महासमिति बैठकमा जनताका कुरा र पार्टीको भावी राजनैतिक, सांगठनिक, आर्थिक लगायतका विषयमा गम्भीर छलफल हुन सकेन । प्रतिवेदनहरूमा राजनीतिक, सांगठनिक र आर्थिक विषय छन् ।

महामन्त्री थापाले आफ्नो स्वार्थ र गठबन्धन भत्काएर कांग्रेसलाई सत्ताभन्दा बाहिर लैजाने गरेर प्रस्ताव ल्याएपछि महासमिति बैठकमा विरोध भएको छ ।

चार वर्षपछि हुने निर्वाचनको चिन्ता गर्दै महामन्त्री थापाले अहिले नै माओवादी केन्द्रसँग गठबन्धन गर्न नहुने प्रस्ताव राखेका छन् । थापाको यो प्रस्तावको महासमिति बैठकमा निकै विरोध भएको छ ।

गठबन्धन सिद्धान्तभन्दा पनि रणनीति हो । आवश्यक्ताअनुसार गठबन्धन हुन्छ । महामन्त्री थापाले गठबन्धनका विषयमा बुझेर पनि नबुझे जस्तो गरेर प्रस्ताव ल्याएपछि विरोध भएको छ ।

Published : Thursday, 2024 February 22, 7:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया