चन्द्र भण्डारीले गगन थापालाई गठबन्धनको अर्थबारे ट्युशन पढाए

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गठबन्धनका विषयमा धेरै बबाल नगर्न सांकेतिक रुपमा गगन थापालाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत भण्डारीले थापालाई गठबन्धन आवश्यक्ताअनुसार गरिने भएकाले धेरै चुरीफुरी नगर्न आग्रह गरेका हुन् ।
नेता भण्डारीले भने, ‘गठबन्धन सिद्धान्त होइन यो त केवल एक रणनीति हो । आवश्यकताअनुसार यसको प्रयोग हुन्छ र गरिनु पर्दछ ।’
‘कथाअनुसारका पात्रहरूको खोजीबाट सिनेमा चल्दछ । त्यसरी नै समयमा उठेका मुद्दाहरूलाई समाउनु सक्नु पर्दछ ।’
‘नेपाली समाजमा यती धेरै मुद्दाहरू छन् जसले नेपालीको चाहनाहरूलाई सम्वोधन गर्न सक्दछ त्यो हाम्रो बाटो हुनु पर्दछ ! महासमितिको बैठक’, उनले भने ।
महामन्त्री थापाले गठबन्धनको विरोध गरेर आगामी चुनावमा कसैसँग पनि गठबन्धन गर्न नहुने प्रस्ताव ल्याएपछि नेता भण्डारीले असन्तुष्टि जनाएका हुन् ।
महामन्त्री थापाले आफ्नो स्वार्थका लागि कांग्रेसलाई सिध्याउन गठबन्धन विरोधी प्रस्ताव ल्याएपछि विरोध भइरहेको छ ।
गठबन्धनकै कारण कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । गठबन्धनले गर्दा सत्तामा कांग्रेस पुगेको छ ।
निकै जटिल निर्वाचन प्रणाली भएका कारण कुनै पनि दलको एकल बहुमत आउने समस्या छ । बहुमत ल्याउन वा ठूलो दल बन्न गठबन्धन गर्नुपर्ने बाध्यता छ ।
भण्डारी नेता शेखर कोइराला निकटका मानिन्छन् । थापाले आफ्नै गुट बनाएका छन् । शेखर कोइरालालाई नेता मान्न अस्वीकार गरेपछि शेखर–गगन समूहबीच बबाल भएको छ । उनीहरूको आन्तरिक झगडाको चेपुवामा सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेस परेको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया