बाराको जंगलमा बाघले मोटरसाईकलमाथि झम्ट्यो, दुई जना घाइते

काठमाडौं । बारा जिल्लामा बाघको आक्रमणबाट २ जना व्यक्ति घाइते भएका छन् ।

बुधबार साँझ पौने ५ बजेको समयम जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकालीस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको जंगलमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट मोटरसाईकल चालक रौतहटको बौधीमाई नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३० का कृष्ण साह र वर्ष ३५ का राजु साह रहेका छन् ।

कृष्णलाई खुट्टा र टाउकोमा चोट लागेको छभने राजुको बाँया हातमा चोट र दायाँ हातमा बाघले लछारेको छ ।

उनीहरू पथलैयाबाट रौटहततर्फ जाँदै गरेको ना.३६ प ५०११ नम्बरको मोटरसाईकललाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट घाइते भएपछि सामुदायिक अस्पताल निजगढ, बारामा उपचार भइरहेको छ ।

Published : Wednesday, 2024 February 21, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया