गगनको स्वार्थले कांग्रेस झन् कमजोर र सत्ता बाहिर हुने, गठबन्धन भत्काएर संस्थापनलाई आक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो स्वार्थका लागि गठबन्धन भत्काउन रणनैतिक प्रस्ताव गरेका छन् ।

१५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने योजनामा रहेका थापाले सभापति शेरबहादुर देउवा अर्थात् संस्थान समूहलाई कमजोर बनाउने बहानामा गठबन्धन भत्काउन खोजेका हुन् । थापाले देउवालाई कमजोर बनाउन नै आफूलाई केन्द्रित बनाउँदै आएका छन् ।

महामन्त्री थापाको व्यक्तिगत इच्छा र स्वार्थले गठबन्धन भत्कियो भने कांग्रेस सत्ताभन्दा बाहिर जानेछ । फेरि कम्युनिस्टहरू मिल्नेछन् । कम्युनिस्ट मिल्न नदिन गठबन्धन आवश्यक छ । विगतमा कम्युनिस्ट मिल्दाको परिणाम सबैलाई थाहा छ । शहरमा बसेर गठबन्धन भत्काउने कुरा सन्दा सहज छ । गाउँमा बसेर सत्ताभन्दा बाहिरको दृष्य कस्तो हुन्छ गाउँका कार्यकर्तालाई थाहा छ ।

सभापति देउवा निर्वाचन गराउनेगरि प्रधानमन्त्री बन्ने सहमति गठबन्धनभित्र छ । देउवा प्रधानमन्त्री बनेकै बेला निर्वाचन र १५औँ कांग्रेसको महाधिवेशन हुनेछ । देउवालाई प्रधानमन्त्री बन्न रोक्न थापाले गठबन्धन भत्काउन खोजेका हुन् ।

गठबन्धनका तीन नेता देउवा, पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको छ ।

देउवा अबको साढे दुई वर्षपछि प्रधानमन्त्री हुने उल्लेख छ । सहमति कार्यान्वयन भएमा दाहालको पदावधि ०८१ पुसमा सकिनेछ । त्यसपछि नेपालले डेढ वर्ष नेतृत्व गर्ने र चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् ।

सभापति देउवा गठबन्धनमा रहेका दललाई नचिढ्याई आफ्नो पालो सुरक्षित गर्न खोजिरहेका छन् । प्रधानमन्त्री हुने र त्यसपछि महाधिवेशन गराएर आफू पक्षका नेताहरूलाई स्थापित गराउने र २०८४ को निर्वाचनको टिकट वितरणमा पनि आफैं प्रबल हुने देउवाको रणनीति रहेको भन्दै महामन्त्री थापा गठबन्धन भत्काएर सबै खेल तलमाथि पार्न चाहन्छन् ।

चुनावी गठबन्धनको विषय उठाएर थापाले पार्टीको १५औं महाधिवेशनमा देउवा पक्षलाई कमजोर बनाउने रणनीति लिएका छन् । विधानअनुसार चारवर्षे कार्यकाल पूरा गरी २०८२ मंसिरमै महाधिवेशन गर्नुपर्ने विषयलाई थापाले जोडदार रूपमा उठाएका छन् । तीन दलका नेताबीचको समझदारी कार्यान्वयन भए देउवा २०८३ को असार–साउनतिर प्रधानमन्त्री हुन्छन् ।

प्रधाानमन्त्री भएका बेला पार्टीको महाधिवेशन गराउन पाएमा देउवा नै शक्तिमा रहने चिन्ता थापासहित इतर पक्षलाई छ । देशको संविधानअनुसार पार्टीको महाधिवेशन पाँच वर्षभित्र गर्न सकिने प्रावधान छ । देउवाले यसअघिको अधिवेशन पनि पाँच वर्षमा गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनको बेला थापाले बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए । त्यो भेट किन र केका लागि भएको थियो । अहिले आएर प्रश्न उठेको छ । त्यस बेला थापाले ओलीलाई भेट गरेको तस्बिर एकजना एमाले निकटका पत्रकासँग छ ।

Published : Wednesday, 2024 February 21, 8:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया