सीआईबीद्वारा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकको खाताबाट लाखौँ रकम चोरी गरेको अभियोगमा कनिष्ठ सहायक रोहितकुमार ओझालाई पक्राउ गरेको छ ।

ग्राहकको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी ओझालाई सीआईबीले पक्राउ गरेको जनाएको छ । ओझा राष्ट्रिय वाणिज्य बैंकको वीरगञ्जस्थित पोखरिया शाखामा कार्यरत बैंकमा कार्यरत थिए ।

ओझाले कनेक्ट आइपिएसमार्फत ग्राहकको रकम चोरी गरेको आरोप छ । ग्राहकले उजुरी गरेपछि ओझालाई पक्राउ गरिएको छ ।
सीआईबीले आरोपी ओझाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Wednesday, 2024 February 21, 12:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया