लुम्बिनीका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लुम्बिनी प्रदेश सांसदसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले राप्रपा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा अनियमितता भएको भन्दै १९ जनाविरुद्ध मुद्दा दायर भएको जनाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरुको ३७ हजार क्युफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरूसँगको मिलेमतो गरी केही काठ लुकाएर स–मिलमा बिक्री गिरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको छ ।
कपिलवस्तु क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित भएका हुन् । रुख कटान गरी मिलमेतामा गोरखा मनकामना काष्ठ फर्निचर उद्यागे काठमाडौंमा बिक्री गरी भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ ।
१९ जना मिलेर २९ लाख १२ हजार १९३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । सांसद यादवसहित तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजन वन अधिकृत दुर्गाबहादुर कार्की, कार्यान्वय इकाईका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्लेसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया