श्यामकुमार घिमिरेद्वारा महासमितिमा प्रस्तुत प्रतिवेदन

नेपाली कांग्रेस महासमितिको बैठक, फागुन ७—१०, २०८०, गोदावरी, ललितपुर

केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा महासमिति बैठकमा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन (केन्द्रीय कार्यसमितिको २०८० फागुन ३—४ को बैठकबाट पारित)

नेपाली कांग्रेस महासमितिको बैठक (फागुन ७—१०, २०८०)

केन्द्रीय कार्यसमितिको बैठकबाट पारित आ.व. २०७८।७९ र २०७९।८० को लेखा परीक्षण प्रतिवेदन

आदरणीय सभापतिज्यू
केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरू, तथा
महासमिति सदस्यज्यूहरु ।

पार्टीकोे महाधिवेशन पश्चात् पहिलो पटक महासमिति बैठकमा प्रस्तुत गरिने आर्थिक प्रतिवेदन पेश गर्न पाउँदा आफूलाई निकै गौरवान्वित ठानेको छु ।

कर्तव्य पालनाको सिलसिलामा पार्टीको कोष व्यवस्थापनलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशील रहेको जानकारी गराउदै आगामी दिनहरुमा यहाँहरुले अनुभुत गर्न सक्ने गरी नतिजामुखि कार्य भइरहेको जानकारी गराउन चाहन्छु ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ तथा ३९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३४(१) को व्यवस्था बमोजिम कार्य गर्ने गरि “केन्द्रीय लेखा समितिको” गठन भएको छ । जसको संयोजकमा केन्द्रीय कार्यसमितिका सदस्य श्री श्यामकुमार घिमिरे तथा सदस्यहरुमा— श्री दिलिपकुमार ढुंगाना, डा. डेविड बस्याल, सिए रमेश नेपाल र श्री अनन्त कार्की रहनु भएको छ । पार्टीको लेखा तथा वित्तीय कारोबार, आन्तरिक ब्यवस्थापन एवं नियन्त्रण प्रणाली विकास गर्दै लागू गर्ने जिम्मेवारी यो समितिको रहने छ ।

पार्टीको बित्तीय श्रोत व्यवस्थापनलाई नियमित गर्ने सन्दर्भमा बिगतमा लामो समय देखि ब्यवस्थित योजना बनाउन र लागु गर्न हामीले सकेका छैनांै। पार्टीको आम्दानीको स्थायी श्रोतहरु के के हुन सक्दछन्, आकस्मिक रुपमा भैपरी आउने परिस्थितिको लागि के कस्तो ब्यबस्था गर्न सकिन्छ, भन्ने सन्दर्भमा महासमिति बैठकमा बृहत छलफल गर्न आवश्यक छ ।

हाल भैरहेको क्रियाशिल सदस्यता शुल्कलाई निर्दिष्ट समयमै संकलन गर्ने र बार्षिक रुपमा नविकरण गरी नविकरण दस्तुर संकलन गर्न जरुरी छ । पार्टीको संसदीय दलका सदस्यहरुबाट उठाइने लेबीलाई नियमित रुपले उठाउने र योगदानको अनुपात अनुसारको रकम समय मै केन्द्रमा प्राप्त गर्ने ब्यबस्था गर्ने र सो को नियमित अनुगमन गर्ने ब्यबस्था लागु गर्ने योजना रहेको छ । यसै गरी विद्यमान बाँडफाँडको अनुपातलाई आवश्यक्तानुसार पुर्नबिचार गर्न सकिने र स्थानीय तहका प्रमुख र उप–प्रमुख समेतबाट निश्चित रकम लेबी समेत नियमित रुपमा अनिवार्य रुपमा उठाईने छ ।

हामीले पार्टीको कोष तत्काल आवश्यकताका आधारमा मात्र संकलन गर्ने गरेको तथ्य कसैबाट छिपेको छैन । पार्टीका गतिविधिहरु सामान्य आर्थिक अपर्याप्तताका कारण प्रभावित हुनु हुदैन । सत्तामा रहँदा वा नरहँदा जस्तो सुकै अवस्थामा पनि पार्टी संयन्त्र प्रभावकारी ढंगले संचालित हुनु पर्दछ । पार्टी सदस्य एवं शुभेच्छुकहरुबाट नियमित रुपले रकम उठाउने, पारदर्शी रुपले खर्च गर्ने र ब्यवस्थित रुपले अभिलेखिकरण गर्न सकिएमा पार्टी कोष परिपुष्ट भई भविष्यमा आईपर्ने आकस्मिक परिस्थितिका लागि समेत जगेडा राख्न सक्ने देखिन्छ ।

पार्टीका तर्फबाट उम्मेदवार भएकालाई आर्थिक सहयोग गर्न सक्ने किसिमबाट आर्थिक संकलन गर्न यस परिचालनले सम्भव हुन्छ भन्ने देख्दछु । साथै पार्टीका समर्थक, शुभेच्छुकहरुबाट पार्टीलाई गरेको सहयोगका आधारमा आवश्यक व्यक्तिहरुलाई सम्मान गर्ने तर्फ यो महासमिति बैठकलाई आवश्यक सुझाव दिन चाहन्छ¬।

पार्टीको आम्दानी, खर्च, सम्पत्ति एवं दायित्वलाई व्यबस्थित, नियमित, पारदर्शी एवं मितव्ययी बनाउने विषयमा हामी सबैको संकल्प आवश्यक छ । यसका लागि सदस्यताको सूचीलाई अद्यावधिक गर्न स्थानीय तह, प्रदेश र केन्द्रमा समिति गठन गर्न अत्यावश्यक देखिन्छ ।

यस सम्बन्धमा विगत अवधिमा निरन्तर प्रयास गरिरहेको र यस महासमिति बैठक पश्चात् आवश्यक आर्थिक विनियमावली तयार गरी पार्टीको सम्पत्तिको संरक्षण, आम्दानी खर्चको थप पारदर्शिता सुनिश्चित गरी पार्टीको समग्र वित्तीय व्यवस्थापनलाई थप चुस्त दुरुस्त एवं विधिसम्मत बनाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । यसैगरी पार्टीको बित्तीय ब्यबस्थापन लाई सबै तहहरुमा ब्यबस्थित गर्न लेखा समितिले सहजिकरण, अनुगमन, तालिम एवं मुल्याड्ढनको पद्धतिलाई सघन रुपमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्दछु ।

पार्टीको चौधौं महाधिवेशन पश्चात आ.व. २०७८/७९ र २०७९/८० को लेखापरीक्षण सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षण लेखापरीक्षक चार्टर्ड एकाउन्टेन्ट ह¬क¬म पहाडी, एच. पहाडी एण्ड एसोसिएट्स बाट गरिएको छ । उक्त लेखा परीक्षण प्रतिवेदनको आधारमा पार्टीको चौधौं महाधिवेशन पछि समाप्त आर्थिक बर्षहरुको आय–व्यय एवं वासलात सहितको वित्तीय विवरणहरु संक्षिप्त रुपमा यहाँहरु समक्ष प्रस्तुत गर्दछ¬ ।

क. आम्दानी तर्फ
पार्टीले आ.ब.२०७८/७९ मा सदस्यता, लेभी र नविकरण शुल्क वापत रु. ७ करोड ४३ लाख ०३ हजार ५ सय १ रुपैँया, चन्दा तथा सहयोग वापत रु. ६ करोड ६८ लाख २४ हजार रुपँैया, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय रुपैँया र व्याज आम्दानी बापत रु ६७ लाख १७ हजार १ सय ८५ रुपैँया आम्दानी गरेको छ भने जम्मा आम्दानी रु. १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैँया मात्र रहेको छ ।

साथै आ.ब.२०७९/८० मा सदस्यता, लेभी र नविकरण शुल्क वापत रु. ५७ लाख ६० हजार ८ सय रुपंैया, चन्दा तथा सहयोग वापत रु. २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपँैया, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैँया, लिलाम बिक्री बापत रु २ लाख २५ हजार रुपैँया र व्याज आम्दानी बापत रु ३८ लाख ३१ हजार २ सय ७० रुपैँया आम्दानी गरेको छ भने जम्मा आम्दानी रु. ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैँया मात्र रहेको छ। (यस सम्बन्धि विवरण अन¬स¬चि १ मा रहेको छ।)

यसैगरि पार्टीको महाधिवेशन, महासमिति बैठक, स्थानीय निकाय तथा प्रतिनिधि सभाको च¬नावमा लाग्ने खर्चको लागि विभिन्न व्यक्ति, निकाय, नेपाली जनसम्पर्क समिति तथा पार्टीका श¬भेच्छ¬कहरुद्वारा स्वत स्फ¬र्त रुपमा चन्दा सहयोग गर्दैै आउन¬ भएको छ । म उहाँहरुलाई पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छ¬ र आउने दिनमा पनि यहाँहरुको महत्वपूर्ण साथ र सहयोग रहि रहने छ भन्ने विश्वास लिएको छ¬ ।

ख. खर्च तर्फ
पार्टीले आ.ब.२०७८/७९ मा आनो चौधौं महाधिवेशन तथा सम्मेलन सम्पन्न गरेको थियो जसमा रु.१२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपँैया खर्च भएको थियो । यसै गरि स्थानीय निकाय, प्रदेश सभा तथा प्रतिनिधि सभाको निवार्चनमा आ. ब. २०७८/७९ मा रु. १ करोड १५ लाख ६५ हजार २ सय १० रुपैया खर्च भएको
थियो । त्यसैगरी कार्यालय सञ्चालन बापत रु. ४ करोड ११ लाख ५६ हजार १ सय ०३ रुपैया, र ह्रास कट्टी तथा अपलेखन बापत रु. ४१ लाख ५९ हजार २ सय ०१ रुपैयाँ खर्च व्यवस्था गरिएको थियो भने जम्मा खर्च
रु. १७ करोड ९० लाख ७८ हजार २ सय २२ रुपैया खर्च भएको थियो ।

पार्टीले आ.ब.२०७९/८० मा निवार्चन खर्च मा रु. ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैया खर्च भएको थियो । त्यसैगरी कार्यालय सञ्चालन बापत रु. ३ करोड २२ लाख ५० हजार ४ सय ३२ रुपैया, भातृ संगठन सम्बन्धि खर्च बापत रु. ४९ लाख ६० हजार रुपैया र ह्रास कट्टी तथा अपलेखन बापत रु. ३९ लाख २६ हजार ६ सय ९६ रुपैया खर्च व्यवस्था गरिएको थियो भने जम्मा खर्च रु. ७ करोड ९९ लाख ९५ हजार १ सय २१ रुपैया खर्च भएको थियो ।

ग. वित्तिय श्रोत तर्फ
पार्टीको आ.ब.२०७८/७९ मा साधारण जगेडा कोषको रकम रु.६ करोड ९६ लाख ५९ हजार १ सय २३ रुपैया भएकोमा आ.ब.२०७९/८० मा उक्त रकममा केहि कमी आई रकम रु.२ करोड ६१ लाख ४० हजार ३ सय रुपँैया कायम भएको थियो ।

घ. वितिय श्रोतको उपयोग तर्फ
पार्टीको आ.ब. २०७८/७९ मा क¬ल स्थिर सम्पत्ति रु. ५ करोड ७६ लाख ३७ हजार ६ सय ७० रुपैँया रहेको थियो भने आ.ब.२०७९/८० मा ह्रासकट्टी पश्चात रु. ५ करोड ५३ लाख ५५ हजार ७ सय ११ रुपैँया रहेको
थियो ।

आ.ब.२०७८/७९ को त¬लनामा आ.ब.२०७९/८० मा पार्टीको मुद्दती बचत २ तिहाईले कम भई रु.१० करोड बाट रु. ३ करोड मा झरेको छ ।

आ.ब.२०७८/७९ मा पार्टीको क¬ल नगद तथा बैंक मौज्दात रु.७ करोड ६३ लाख ९१ हजार १ सय रुपैँया रहेकोमा आ.ब.२०७९/८० मा आउँदा उक्त मौज्दात रकम रु. १ करोड ९४ लाख १६ हजार ५ सय २५ रुपँैया मात्र रहन गएको थियो ।

धन्यवाद, जय नेपाल ।

“राजनीतिक स्थायित्व, रूपान्तरण र नविनता
स्वतन्त्रता, न्याय र समानता
नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता”

Published : Tuesday, 2024 February 20, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया