कांग्रेसभित्र गठबन्धनबारे बबाल भइरहेका बेला दाहाल–ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र गठबन्धनका विषयमा बबाल भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा मंगलबार दाहाल र ओलीबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । उनीहरूका बीच के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।

दाहाल र ओलीबीच शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)का बारेमा छलफल भएको हुन सक्ने बुझिएको छ ।

Published : Tuesday, 2024 February 20, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया