शिवकुमारको टाउको नभएको र जलाएको अवस्थामा शव फेला

तौलिहवा । कपिलवस्तु जिल्लामा २७ वर्षीय शिवकुमार कुर्मीको हत्या गरेर टाउको नरहेको र जलाएको अवस्थामा शव फेला परेको छ ।

महाराजगन्ज नगरपालिकाको वडा नं. ६ भलवारीका कुर्मी हत्या भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताएका छन् ।

कुर्मीको शव नगरपालिका– ४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा आइतबार साँझ शरीर जलाइएको र टाउको नभएको अवस्थामा शव फेला परेको थियो ।

कुर्मी गत शनिबार साँझदेखि सम्पर्कविहीन भएका थिए । नजिकै घुमेर आउँछु भनेर घरबाट निस्केका कुर्मी सम्पर्कविहीन भएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेको कुर्मीको शवलाई मृतकका भाइले सनाखत गरेका छन् ।

शरीरको केही भागमा जलेको अवस्थामा रहेको जिन्सको ज्याकेट, कपडा लगायतका कुरा आफ्नै छोराको रहेको मृतकका बुवा रामपति कुर्मीले बताएका छन् ।

शवलाई पोस्टमर्टमका लागि सोमबार बुटवल लगिएको छ । कुर्मीको हत्यामा संलग्न अभियुक्तलाई छिटै पक्राउ गरिने प्रहरी नायब उपरीक्षक वलीले बताएका छन् ।

Published : Tuesday, 2024 February 20, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया