धरानमा आमाको हत्या गर्ने युवक पक्राउ

ईटहरी । सुनसरी जिल्लाको धरानमा २८ वर्षीय दीपक राईलाई आफ्नै आमाको हत्या गरेका छन् ।

दीपकले आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको प्रहरीले जनाएको छ । दीपकलाई आमाको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–११ कुविर्ताचोक बस्ने दीपकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

दीपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन् ।

कुटपिटको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले रमनश्वरीलाई घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

Published : Tuesday, 2024 February 20, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया