नेपाली कांग्रेस महासमितिको बन्द सत्र सुरु


गोदावरी । नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र सुरू भएको छ । ललिपुरको गोदावरीमा महासमिति बैठकको दोस्रो दिन बन्द सत्र सुरू भएको हो ।


राजनीतिक स्थायित्व रुपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता भन्ने मुल नाराका साथ पार्टी महासमिति बैठकको जारी छ ।

बन्द सत्र सुरू भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव बाचन गरिरहेका छन् । आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेश गर्नेछन् ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन, अर्थमन्त्री समेत रहेका प्रवक्ता प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावि दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परिक्षण प्रतिवेदन पेश गर्नेछन् । महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

Published : Tuesday, 2024 February 20, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया