सभापतिकै लाइनमा गगनले प्रस्ताव ल्याउने सहमति, गठबन्धन बलियो बनाउँदै एकल बहुमतकाे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अहिलेको गठबन्धनबाट कांग्रेस ठूलो पार्टी र गठबन्धनको बहुमत आएको जनाएको छन् ।

सांगठनिक र राजनीतिक प्रस्तावलाई अन्तिम रुप दिन बुढानिलकण्ठमा सोमबार राति भएको बैठकमा महामन्त्री थापा अहिलेको गठबन्धनलाई बलियो बनाउँदै अर्को चुनावमा एकल बहुमत ल्याउने गरी पार्टीलाई सशक्त बनाउने जनाएका छन् ।

महामन्त्री थापाले महासमिति बैठकमा पश गर्ने सांगठनिक प्रस्तावमा यो गठबन्धनबाटै मत मागेर गठबन्धनको बहुमत आएकाले गठबन्धनलाई बलियो बनाउँदै लैजाने र अर्को चुनावमा कांग्रेसको एकल बहुमत ल्याउनेगरि पार्टीलाई सशक्त बनाउने सहमति भएको छ ।

सांगठनिक प्रस्तावमा महामन्त्री थापालाई केन्द्रित बनाएर महासमिति बैठकमा लोकप्रिय कुराको स्वामित्व लिने प्रयास भइरहेका छन् ।

गठबन्धनका विषयमा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच विभिन्न खालका कुराहरू आइरहेका छन् । सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनलाई बलियो बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई बलियो बनाउने कुरामा भएको छ ।

सभापति देउवाले भनेकै कुरालाई महामन्त्री थापाले सहमति जनाएर आफ्नो सांगठनिक प्रस्ताव ल्याउन लागेका छन् ।

Published : Tuesday, 2024 February 20, 8:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया