सभापतिले नेतृत्व लिँदै कांग्रेसलाई युगान्त परिवर्तन गराउनु हुनेछ : ईन्द्र बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले सभापति शेरबहादुर देउवाको नेतृत्वमा युगान्त परिवर्तन हुने बताएका छन् ।
सोमबार ललितपुरको गोदावरीमा महासमिति बैठकमा बोल्दै बानियाँले भने, ‘सभापतिले नेतृत्व लिँदै कांग्रेसलाई युगान्त परिवर्तन गर्दै अब आउने हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्यो । अबको सुशान, पारदर्शिताको हुनेछ ।’
‘धेरै मिशनहरूको बीचमा कांग्रेसले महासमितिको बैठक गर्न लागेको छ’, उनले भने, ‘मिशन ०८४ निर्वाचनको कुरा उठिरहेका बेला कांग्रेसले धेरै मिशन ०८४ हरू पूरा गरेर आएको छ ।’
उनले भने, ‘जनताको पक्षमा जहानीया राणशासनको अन्त्य गर्दै ०८४ गर्यो, अर्को पञ्चायती एकदलीय व्यवस्थाको ०८४ अन्त्य गर्दै अर्को ०८४ गर्यो । माओवादीको सशस्त्र विद्रोहमा हतियार बिसाउँदै अर्को हतियारको ०८४ गर्दै नेपाली कांग्रेस अब आउने ०८४ को आफ्नो नीति अधिवेशनबाट जनताको चाहना र भावना अनुसार पारदर्शिता, बेथितिको अन्त्य गर्दै थिति बसालेर मुलुक सुशासन र जवाफदेही कांग्रेस बनाउन चाहन्छौँ ।’
‘कांग्रेसले प्रजातन्त्र स्थापना दिवसको दिन महासमितिको बैठक राखेको छ’, बानियाँले भने, ‘कांग्रेसले आफूलाई जनताको पक्षमा वकालत गर्दै आएको छ ।’
‘मुलुकका सबै किसिमको परिवर्तनको नेतृत्व गर्दै आएको छ’, सभापति बानियाँले भनेका छन् ।
बिचार/ब्लग

कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया