गोदावरी जान महासमिति सदस्यहरूलाई यी ठाउँबाट छुट्नेछन् बसहरू, कसलाई सम्पर्क गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठकस्थल आवत जावतका लागि विभिन्न स्थानबाट नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।

कांग्रेसले महासमिति बैठकस्थल गोदावरी जान र आउनका लागि २० वटा बसको व्यवस्था गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

फागुन ८ देखि १० गतेसम्म रुट नं. १ गौशालाबाट ६ वटा गाडी छुट्नेछन् । बिहान सात, सवा सात र साढे ७ बजे बस छुट्नेछन् । एयरपोट, कोटेश्वर, सातदोबाटो हुँदै गोदावरीसम्म बसहरू जानेछन् । रुट नं. १ को बसका लागि ९८५१०९७९२३ नम्बरमा गोपाल गुरुङलाई सम्पर्क गर्न भनिएको छ ।

रुट नं. २ मा नारायणगोपाल चोकबाट दुई वटा बस छुट्नेछन् । बसहरू बिहान सात बजे लाजिम्पाट, जमल, सुन्धारा, त्रिपुरेश्वर, जावलाखेल, सातदोबाटो हुँदै गोदावरी जानेछन् । रुट नं. २ का बसका लागि ९८५१०००४५० मा रजन रोकालाई सम्पर्क गर्न भनिएको छ ।

रुट नं. ३ का लागि नयाँ बसपार्कबाट ४ वटा बसहरू चल्नेछन् । बिहान सात र सवा सात बजे बस चल्नेछन् । बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सानेपा (पार्टी केन्द्रीय कार्यालय), सातदोबोटा हुँदै बसहरू गोदावरी जानेछन् । रुट नं. ३ का बसहरूमा सवार हुन सानुकाजी प्रजापतीलाई ९८५१०३१९३१, सवन गिरीलाई ९८५१०८१३८२ र प्रकाश सिंखडालाई ९८५११८०७२६ मा सम्पर्क गर्न भनिएको छ ।

रुट नं. ४ को बसहरू भद्रकाली (सुन्धारा, बागबजार)बाट ६ वटा बसहरू छुट्नेछन् । बिहान सात, सवा सात र साढे सात बजे बसहरू छुट्नेछन् । ती बसहरू त्रिपुरेश्वर, थापाथली, जावलाखेल, सातदोबाटो हुँदै गोदावरी जानेछन् । रुट नं. ४ का बसहरूमा सवार हुन अर्जुन गौतमलाई ९८५१०५५०४२, राइसकुमार श्रेष्ठलाई ९८५११६१२२३, राजकाजी भोजुलाई ९८५१०९७३१८ र राजेशकुमार श्रेष्ठ ९८५१११६२२३ मा सम्पर्क गर्न भनिएको छ ।

सातदोबाटो रोनाष्ट अगाडि छुट भएकाहरूका लागि बिहान ९ बजे बस चल्नेछ । त्यसका लागि निरत्न नेवालाई ९८५१०३७२५८ मा सम्र्पक गर्नुपर्नेछ । गोदावरीबाट फर्कनका लागि सम्बन्धित रुटमा ६ बजे बेलुका बस छुट्नेछन् ।

Published : Monday, 2024 February 19, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया