कांग्रेसको महासमिति बैठक सनराईज हलमा दिउँसो हुँदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज (सोमबार) ललितपुरको गोदावरीमा शुरु हुन लागेको छ ।

दिउँसो १ बजे सनराईज सभाहलमा महासमितिको बैठक उद्घाटन हुनेछ । सभापति देउवाले महासमितिको उद्घाटन गर्ने कार्यक्रम छ ।

महासमिति बैठकमा सहभागी हुन दशभरिबाट कांग्रेसका महासमिति सदस्यहरू काठमाडौंमा आइसकेका छन् ।

Published : Monday, 2024 February 19, 8:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया