विकाश बुढाद्वारा बालिकालाई यौन दुरुपयोग

काठमाडौं । दैलेख जिल्लामा १२ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा २२ वर्षीय विकाश बुढालाई पक्राउ गरेको छ ।

फागुन ३ गते साँझ अन्दाजी ५ बजेको समयमा नारायण नगरपालिका वडा नं.६ स्थित आफ्नै घरमा बुढाले बालिकालाई यौन दुरुपयोग गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ती बालिका बुढाकै घरमा बसोबास गर्दै आएकी थिइन् । भगवतीमाई गाउँपालिका वडा नं.७ स्थायी वतन भएकी पीडित बालिकालाई बाल यौन दुरुपयोग गरेको जाहेरी प्रहरीमा परेको थियो ।

पीडितको जाहेरीको आधारमा प्रहरीले बुढालाई पक्राउ गरेर हिरासतमा राखेको छ । बुढालाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट ४ दिन म्याद थप गरेको छ ।

Published : Sunday, 2024 February 18, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया