काठमाडौंमा ईन्स्पेक्टर श्रेष्ठले पेस्तोल पड्काए, अंगरक्षक घाइते, एआईजी थापाद्वारा छानविनकाे आदेश

काठमाडौं । काठमाडौंमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले ) गाेली पड्काउँदा आफ्नै अंगरक्षक (पीएसओ) घाइते भएका छन्प्र ।

महानगरीय प्रहरी प्रभाग बलम्बु, काठमाडौंमा श्रेष्ठले पेस्तोल बुझाउने क्रममा पड्किएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) दीपक थापाले बताए ।

आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख (इन्स्पेक्टर) श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको एआइजी थापाले बताए ।

इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पेस्तोल पड्किएर उनका आफ्नै बडीगार्ड घाइते भएकाे थापाले बताए । घाइते प्रहरी जवान एवम् बडीगार्डलाई सशस्त्र प्रहरी बल नेपालकाे बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको एआईजी थापाले बताए ।

गाेली चलेकने विषयमा छानबिन गरी सत्यतथ्य जानकारी गराउन भनेर एआइजी थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) भूपेन्द्र खत्रीलाई निर्देशन दिएका छन् ।

इन्स्पेक्टर श्रेष्ठमाथि अनुसन्धान गर्न नियन्त्रणमा समेत लिइएको छ । घटनाका बारेमा दाेषी पाइएमा कारबाही हुन् थापाले बताए ।

Published : Sunday, 2024 February 18, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया