सस्तो लोकप्रियताका लागि गृहमन्त्रीले आईजीपीलाई ओभरटेक गरे, हेडक्वाटरभित्र खैलाबैला

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको अधिकार खोस्ने प्रयास गरेका छन् ।
सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा सरुवा भएका प्रहरी उपरीक्षक(एसपी)हरूलाई मन्त्रालयमा बोलाएर श्रेष्ठले अन्टसन्ट निर्देशन दिएका छन् । एसपीहरूको सरुवा आईजीपीले गर्ने कार्यविधि छ । ती एसपीहरूलाई निर्देशन दिएर कायक्षेत्रमा पठाउने अधिकार पनि आईजीपीको हो ।
तर, आईजीपीको त्यो अधिकार खोसेर गृहमन्त्री श्रेष्ठले एसपीहरूलाई निर्देशन दिएपछि प्रहरीभित्रै आलोचना भएको छ । आईजीपी निकटका एकजना एसपीले भने, ‘आईजीपी साबको अधिकार खोस्ने कार्यप्रति हामी एसपीहरूलाई पनि मन परेको छैन । आईजीपीज्यूले दिने निर्देशनलाई गृहमन्त्रीज्यूले किन निर्देशन दिनु पर्यो ? गृहमन्त्रीले आफ्नो हैसियत, औकात र जिम्मेवारी बुझ्न जरुरी छ ।’
प्रहरीका एकजना पूर्वआईजीपीले भने, ‘बिगतमा कहिल्यै पनि एसपीहरूलाई गृहमन्त्रीले बोलाएर निर्देशन दिएको इतिहाँस छैन । आईजीपीले निर्देशन दिने कुरालाई गृहमन्त्रीले खोस्नुभयो । उहाँले ठीक गर्नुभएन ।’ गृहमन्त्री श्रेष्ठका हर्कतबाट आईजीपी कुँवर पनि असन्तुष्ट रहेको स्रोतले जनाएको छ । आगामी दिनमा गृहमन्त्रीमा सुधार होस् भन्ने चाहना र्आइजीपीलाई रहेको चर्चा छ ।
एसपीहरूको सरुवा आईजीपीले गर्ने हो । गृहमन्त्री श्रेष्ठले आफू निकटका बिचौलियाहरूले तयार पारेको सूचीलाई आईजीपीलाई दवाव दिएर सदर गर्न लगाएको आरोप छ । बिचौलियाको काम गर्दै आएका प्रहरीका एकजना एसपीले गृहमन्त्री श्रेष्ठको चाकडी गर्न एसपीहरूलाई गृह मन्त्रालयमा बोलाएर निर्देशन दिन लगाएका हुन् । ती एसपीको हर्कत र चर्तिकलाबारे हेडक्वाटरमा निकै चर्चा छ ।
केही हप्तापछि श्रेष्ठको गृहमन्त्री पद फुत्किनेवाला छ । श्रेष्ठले गरेको अन्या र ती एसपीको बारेमा हेडक्वाटरले राम्रोसँग हिसाबकिताब राखेको छ ।
माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो ।
निर्देशन दिने क्रममा श्रेष्ठले भनेका छन्, ‘अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कार्वाही गरिनेछ ।’
श्रेष्ठले आफ्ना सहयोगीहरू सुशन कमार्चाय, सुरजकाजी श्रेष्ठलगायतले गरेको उठ्तीपुठ्तीका बारेमा केही बोलेका छैनन् ।
सरुवा, बढुवामा सुशन कर्माचार्यले गरेको हस्तक्षेपका बारेमा गृहमन्त्री श्रेष्ठलाई थाहै छैन त ? हेडक्वाटरमा चर्चा हुने गरेको छ ।
अत्याधिक कमाइ हुने र एसपीका लागि निकै आकर्षक मानिने झापा, मोरङ, धनुषा, महोत्तरी, पर्सा, रुपन्देहीमा कसले पठाएको हो ? गृहमन्त्री श्रेष्ठलाई राम्रोसँग थाहा होला भनेर ती पूर्वआईजीपीले प्रश्न उठाएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया