म र प्रधानमन्त्रीबीच विवाद विवाद छैन : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा.महतले आफू र प्रधानमन्त्रीबीच कुनै विवाद नरहेको बताए । उनले कतिपय विषयमा बुझाइ फरक परे पनि छलफलपछि एउटा निष्कर्षमा पुग्ने गरेको बताएका छन् ।

‘हामीबीच संवाद र समन्वयमै काम भइरहेको छ । यसो गर्दा के होला ? भनेर उहाँले भन्नु हुन्छ’, उनले भने ।

‘मैले आफ्नो कुरा भन्ने गरेको छु । छलफलबाट निष्कर्षमा पुग्छौँ, ड.महतले भने, ‘बाहिर यसरी सम्प्रेषित हुन्छ कि, कसले गरिरहेको रहेको छ यस्तो । के आशयले गर्छन् तपाईँहरूले अनुसन्धान गर्नुस् ।’

एमाले समर्थक केही सञ्चारमाध्यमले सत्ता गठबन्धनभित्र विवाद ल्याउन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री डा.महतका बीच विवाद रहेको समाचार प्रकाशित गरेका छन् । ती समाचारमा सत्यता नरहेको अर्थमन्त्री डा.महतले बताएका छन् ।

Published : Friday, 2024 February 16, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया