गृह मन्त्रालयद्वारा प्रहरी कर्मचारी समायोजनका लागि समिति गठन

काठमाडौं । गृह मन्त्रालयले प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सह–सचिव नारायणप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गरिएको छ ।

सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सह–सचिव नारायणप्रसाद भट्टराईले नै प्रशासन महाशाखाको काम सम्हालिरहेकाले अहिले उनैले संयोजकको भूमिका निर्वाह गरिरहेका छन् ।

समितिको सह–संयोजकको जिम्मेवारीमा मन्त्रालयकै सह–सचिव एवम् नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम रहेका छन् ।

समितिको सदस्यमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्ष (डीआईजी), मन्त्रालयका उप–सचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका प्रमुखसमेत रहेका उप–सचिव रामबहादुर शाही सदस्य सचिव रहेका छन् ।

प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिसकेको मन्त्रालयले जनाएको छ ।

Published : Friday, 2024 February 16, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया