प्रतिनिधिसभा संसदीय दल कार्यसमितिका लागि कांग्रेसद्वारा निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको संसदीय दलको कार्यसमितिको निर्वाचन गराउन तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

बिहीबार र शुक्रबार वीपीनगर, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सह–महामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेस संघीय संसद, संसदीय दलको कार्यसमितिको निर्वाचन गराउनका लागि देहाय बमोजिमको निर्वाचन समिति गठन गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले समितिको संयोजकमा सह–महामन्त्री भीष्मराज आङ्दम्बे तथा सदस्यद्वयमा केन्द्रीय सदस्य पुष्पा भुसाल र केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही मनोनयन गरेको छ ।

संसदीय दलको नेता चयन भएपनि संसदीय दलको कार्यसमिति बनेको थिएन । दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका थिए ।

Published : Friday, 2024 February 16, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया