महिलासँगको यौनकाण्डमा मुछिएका एमालेका केन्द्रीय सदस्यको राजीनामा स्वीकृत

काठमाडौं । महिलासँगको यौनकाण्डमा मुछिएका नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरले केन्द्रीय सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

बिहीबार केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको बैठकपछि जारी विज्ञप्तिअनुसार महरले दिएको राजीनामा स्वीकृत भएको उल्लेख छ ।

एमालेले केन्द्रीय सदस्य सिराज अहमद फारुकीको पनि राजीनामा स्वीकृत गरेको छ । फारुकीले पनि केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् ।

केन्द्रीय सदस्य फारुकी र महर विभिन्न विवादित काण्डहरूमा मुछिएका थिए । उनीहरूले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका थिए ।

एमालेले फागुन ८, ९ र १० गते तीन दिनका लागि केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक बोलाउने निर्णय पनि गरेको छ ।

एमालेले केन्द्रीय कमिटी बैठकमा देश र जनताका सरोकारका विषयमा दवाव सिर्जना गर्न जनपरिचालन गर्ने विषयमा पनि छलफल हुने जनाएको छ । एमालेले विभिन्न विभागमा सदस्यहरूको मनोनयन पनि गरेको छ ।

अध्यक्ष केपी ओलीले नै महरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । ओलीले नै महरको राजीनामा स्वीकृत गरेका छन् । ओलीले महरलाई निकै माया गरेर राखेका थिए । यौनकाण्डमा परेपछि महरलाई राजीनामा दिन दवाव परेको थियो ।

फारुकीलाई पनि ओलीले नै संरक्षण गरेका थिए । फारुकी पनि विभिन्न काण्डमा परेपछि ओलीले केन्द्रीय सदस्य पदबाट हटाउन बाध्य भएका छन् ।

Published : Thursday, 2024 February 15, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया