ओखलढुङ्गामा कर्मचारी बोकेको जीप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

मोलुङ । ओखलढुङ्गा जिल्लामा स्कारपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने पाँचजना घाइते भएका छन् ।

मोलुङ गाउँपालिका–५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्कतर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिएर जाँदै गरेको बा.२० च ४८६२ नम्बरको स्कारपियो जीप अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट अन्दाजी १ सय फिट तल खसेको छ । दुर्घटनामा मोरङ घर भएका चालक २६ वर्षीय गणेश रसाईलीको घट्नास्थलमै मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा घाइते भएका गाडीमा सवार ५ जनामध्ये २ जनाको सामुदायिक मिसन अस्पतालमा उपचारको भइरहेको छ । ३ जनालाई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।

Published : Thursday, 2024 February 15, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया