कांग्रेसका जिल्ला सभापतिहरू र महासमिति सदस्यहरूलाई सम्पर्कमा आउन सभापति बानियाँकाे निर्देशन

काठमाडौं । नेपाली कांग्रेसकाे महासमिति बैठकमा सहभागी हुन आउने महासमिति सदस्यहरूकाे सहजताका लागि प्रदेश समन्वय उप-समितिले जिल्ला सभापतिहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा उप-समितिका संयाेजक ईन्द्रबहादुर बानियाँले महासमिति सदस्यहरूलाई जिल्ला सभापतिहरूमार्फत उप-समितिहरूसँग सम्पर्कमा आउन निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार बसेकाे उप-समितिकाे बैठकले महासमिति सदस्यहरूका लागि सहजता गर्ने निर्णय गरिएकाे बानियाँले बताए ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन सभापति बानियाँले आन्तरिक तयारीहरू गरिरहेका छन् । सभापति बानियाँले महासमिति बैठकस्थलदेखि सदस्यहरू बसेकाे स्थानसम्म आवतजावतका लागि नि:शुल्क यातायातकाे व्यवस्था रहेको बताए ।

Published : Thursday, 2024 February 15, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया