रास्वपाका सभापति रवि लामिछाने र पार्टनरको बबाली हर्कतको खोजतलास, जेल जाने पक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई (जितेन्द्रबाबु राई) र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेउपर छानबिन शुरु गरेको छ ।

विभागले २० वटा वाणिज्य बैंकहरूलाई पत्र लेखेर राई र लामिछानेको खाताबारे जानकारी माग गरेको छ । लामिछाने र राईको खाता खोल्दाको रकम, कारोबारको विवरण, खाता खोल्दा पेस भएका कागजात र हालको रकमसमेत एक्सेल फाइलमा खुलाएर पठाउन विभागले निर्देशन दिएको छ ।

लालाचन्द्र लामिछानेका छोरा काठमाडौं–६ निवासी रवि लामिछाने र सुनकोशी–१, ओखलढुंगा बस्ने दीपहरि राईका छोरा जितेन्द्रबहादुर राई (जीबी राई)को बैंकिङ विवरण मागिएको पत्रमा उल्लेख छ ।

जीबी राईको समूहले पोखरा, चितवन, बुटवल, वीरगन्ज, नेपालगन्ज र काठमाडौंलगायत विभिन्न स्थानमा सहकारीको रकम हिनामिना गरेको उजुरी परेका छन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध पीडितहरूले जाहेरी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेको तत्कालीन समयमा करोडौं रुपियाँ जम्मा भएको प्रमाणहरू बाहिरिएका छन् । तर, लामिछानेले अस्वीकार गर्दै आफ्नो खातामा पैसा कसले जम्मा गरेको हो थाहा नभएको दाबी गर्दै आएका छन् ।

लामिछाने र राई मिलेर सहकारीको रकम हिनामिना गरेर तत्कालीन समयमा ग्यालेक्सी फोरके टिभी खोलेका थिए । टिभी छाडेर लामिछानेले पार्टी खोलका छन् ।

विभागले शुरु गरेको अनुसन्धानमा दोषी पाइएमा लामिछाने र राई जेल जाने पक्का छ । राई फरार छन् । लामिछानेलाई सहकारीको रकम अपचलन गरेको अभियोगमा अहिलेसम्म पक्राउ गरेको छैन ।

Published : Thursday, 2024 February 15, 9:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया