करोडौं घोटाला काण्डमा अटेर गरेर बयान दिन नगएका सुनिल र विकल दश दिन थुनाभित्रै बस्ने

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताएका छन् ।

माघ १० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिट प्रिटिन्ङ काण्डमा मुछिएका विकल र सुनिललाई पक्राउ गरेको थियो ।

सुनिल र विकललाई अकुत सम्पत्ति आर्जनको अनुसन्धान गर्न आयोगले बयानका लागि बोलाउँदा अटेर गरेपछि पक्राउ गरिएको थियो ।

Published : Thursday, 2024 February 15, 8:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया