बर्दघाट क्षेत्रमा दुईजना पेस्तोलसहित पक्राउ

बर्दघाट । प्रहरीले नवलपरासी जिल्लामा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका– १३ बस्ने अजय अहिर र सोही वडाको लेबडा बस्ने कमल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख (एसपी) काजीकुमार आचार्यले बताएका छन् ।

बर्दघाट नगरपालिका– १२ जहदाको भटौलिया मझौनी सडकखण्डबाट पेस्तोलसहित दुईजना पक्राउ परेका हुन् ।

जहदामा पेस्तोलसहित मानिसहरू हिँडिरहेको भन्ने गोप्य सूचना पाएपछि प्रहरी टोली खटिएको थियो ।

अस्थायी प्रहरी पोस्ट भटौलियाबाट खटिएको टोलीले चेकजाँच गर्दा अजय अहिरले निलो जिन्स पाइन्टको अगाडिको खल्तीमा लुकाएको अवस्थामा पेस्तोल बरामद भएको छ ।

प्रहरीले उनीसँगै रहेका कमल चौधरीलाई पनि पक्राउ गरेको छ । दुवैलाई इलाका प्रहरी कार्यालय बर्दघाटमा राखिएको छ ।

पक्राउ परेका दुबैजनालाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

Published : Thursday, 2024 February 15, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया