नेप्सेमा सुधार, पिपुल्सले गुमायो, हिमालयनले कमायो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ दशमलव ९१ अङ्कले बढेको छ । बुधबार नेप्से दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४ अर्ब पच्चीस करोड सत्ताईस लाख बाईस हजार ८ सय पन्चानब्बे बराबरको कारोबार भएको छ । ३०२ कम्पनीको १ करोड तेईस लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार ६ सय ७५ पटक खरिदबिक्री भएको छ ।

बैंकिङ समूहको उपसूचक शून्य दशमलव १८, होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १४, जलविद्युत् समूह शून्य दशमलव १३, लगानी समूह शून्य दशमलव २१, जीवन बीमा समूह शून्य दशमलव २७ र लगानी समूह शून्य दशमलव ३७ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै वित्त समूह छ दशमलव ५६ प्रतिशतले र विकास बैंक समूह दुई दशमलव ३८ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा समूह शून्य दशमलव ४० र अन्य समूहको उपसूचक एक दशमलव ०७ प्रतिशतले बढेको छ ।

नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने पिपुल्स पावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १७ करोड १७ लाख ६४ हजार आठ सय ८० बराबरको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंक प्रमोटर शेयर आठ लाख आठ हजार पाँच सय २० बराबरको कारोबार भएको छ ।

Published : Wednesday, 2024 February 14, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया