देउखुरीमा स्कारपियोले साईकललाई ठक्कर दिँदा झिमरुकका राधा र विपनाको मृत्यु

देउखरी । दाङ जिल्लाको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा भएको सडक दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको छ ।
बुधबार अपरान्ह साढे ४ बजे राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा स्कारपियो गाडीले साईकललाई ठक्कर दिँदा साईकल चालक ३५ वर्षीया राधा बस्नेत र साईकलको पछाडि सवार १६ वर्षीया विपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जनकबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले सोही दिशातर्फ जाँदै गरेको साईकल ठक्कर दिएको थियो ।
राधा बस्नेत र विपना केसीको स्थायी ठेगाना प्यूठान जिल्लाको झिमरुक गाउँपालिका वडा नं. १ मा पर्छ । उनीहरू दाङको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा बस्दै आएका थिए ।
घाइते राधा बस्नेतलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी सिसहनियाँमा उपचारपछि थप उपचारका लागि लमही अस्पतालमा लगेका बेला चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको डीएसपी मल्लले बताए । राधाको शव लमही अस्पतालमा रहेको छ ।
राधा बस्नेतले चलाएको साईकलको पछाडि सवार विपना केसीलाई थप उपचारका लागि बुटवल रिफर भएको थियो । विपना केसीलाई क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा चिकित्सकहरूले चेकजाँचका क्रममा मृत घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ । विपना केसीको शवलाई मणिग्रामबाट लमहीतर्फ पठाएको प्रहरी उपरीक्षक मल्लले बताएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया