पाल्पामा क्षमताभन्दा धेरै यात्रु बोकेको जीप दुर्घटना, ८ जनाको मृत्यु

तानसेन । पाल्पा जिल्लामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छभने १८ जना घाइते भएका छन् ।
मंगलबार साँझ ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जीप दुर्घटना भएको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले बताएका छन् । कडायतले आठ जना यात्रुको घटनास्थलमै मृत्यु भएको बताएका छन् ।
दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका रहेका छन् । जीपमा क्षमताभन्दा धेरै यात्रु भएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान गर्ने कार्य भइरहेको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
Published : Tuesday, 2024 February 13, 8:30 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया