उर्मिला संयाेजक रहेको उप-समितिमा कांग्रेसद्वारा सदस्यहरू मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ समन्वय उपसमितिकाे सदस्यहरूमा मनाेनयन गरेको छ ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा गठित “स्वास्थ्य समन्वय उपसमिति” मा सदस्यहरू मनाेनयन गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले डा.अनिलबिक्रम कार्की (मोरङ, केन्द्रीय अध्यक्ष— प्रजातन्त्रवादी चिकित्सक संघ), डा. वंशदीप शर्मा खरेल (काठमाडौं, केन्द्रीय अध्यक्ष—नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघ), रामजी घिमिरे (गोरखा, केन्द्रीय अध्यक्ष— नेपाल स्वास्थ्यकर्मी संघ), डा. अबुल हुसेन अन्सारी (सुनसरी) सदस्यमा मनाेनयन भएको विज्ञप्तिमा उल्लेख छ ।

डा. बिक्रान्त बस्नेत (मोरङ), धनप्रसाद पौडेल (बाग्लुङ) र डा. सञ्जिवकुमार यादव (धनुषा) सदस्यमा मनाेनयन भएका छन् ।

Published : Tuesday, 2024 February 13, 2:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया