इन्द्र बानियाँकाे उप-समितिमा प्रदेश सभापतिहरू सदस्यमा मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश समन्वय उप-समितिकाे सदस्यहरूमा दशजनालाई चयन गरेकाे छ ।

आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर वानियाँको संयोजकत्वमा गठित “प्रदेश समन्वय उपसमिति” सदस्यहरू मनाेनयन गरेकाे हाे ।

सदस्यहरूमा उद्वव थापा (सभापति— नेपाली कांग्रेस कोशी प्रदेश), कृष्णप्रसाद यादव (सभापति— नेपाली कांग्रेस मधेश प्रदेश), शुक्रराज शर्मा (सभापति— नेपाली कांग्रेस गण्डकी प्रदेश), अमरसिंह पुन (सभापति— नेपाली कांग्रेस लुम्बिनी प्रदेश), ललितजंग शाही (सभापति— नेपाली कांग्रेस कर्णाली प्रदेश) चयन भएका छन् ।

बीरबहादुर बलायर (सभापति— नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश), चन्द्र महर्जन (उपसभापति— नेपाली कांग्रेस बागमती प्रदेश), चन्द्रशेखर कुमार यादव (उपसभापति— नेपाली कांग्रेस मधेश प्रदेश), हरिशरण श्रेष्ठ (सहमहामन्त्री— नेपाली कांग्रेस बागमती प्रदेश) र राजु नेपाल (मुख्य सचिव, नेपाली कांग्रेस बागमती प्रदेश) सदस्यमा मनाेनयन भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2024 February 13, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया