उप–समितिद्वारा कांग्रेसको महासमिति बैठक हुने स्थानको अवलोकन

काठमाडौं । नेपाली कांग्रेसको ‘स्वयंसेवक परिचालन उप–समितिले महासमिति बैठक हुने स्थान र हलको अवलोकन गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उप–समितिका संयोजक जीतजंग बस्नेतको नेतृत्वमा सोमबार ललितपुरको गोदावरीमा रहेको सनराइज सभा हलको अवलोकन गरिएको छ ।

कांग्रेसको महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म हुनेछ । संयोजक बस्नेतका साथै ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेर्चनले बैठक हुने हल र परिसरको अवलोकन गरेका हुन् ।

उप–समितिसँगै बैठकस्थलको अवलोकन ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखले पनि अवलोकन गरेका छन् ।

देशभरिबाट आउने महासमिति सदस्यहरूलाई गेटदेखि हलसम्म स्वयंसेवकले समन्वय गर्नेछन् । सुरक्षाको पूर्णरुपमा व्यवस्थित गर्ने उप–समितिका संयोजक जीतजंग बस्नेतले बताएका छन् ।

स्वयंसेवक परिचालन उप–समितिले स्वयंसेवक खटाउने विषयमा निर्णय लिनेछ । त्यसका लागि संयोजक बस्नेतले आन्तरिक तयारीहरू गरिरहेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन् । उप–समितिलाई तरुण दलको विशेष सहयोग रहने बताएका छन् ।

Published : Tuesday, 2024 February 13, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया