कांग्रेसद्वारा आवास समन्वय उप–समितिमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले आवास समन्वय उप–समितिमा सदस्यहरू मनोनयन गरेको छ ।

केन्द्रीय सदस्य मदनबहादुर अमात्य संयोजक रहेको उप–समितिमा दश जनालाई सदस्यमा मनोनयन गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन अमात्यको संयोजकत्वमा आवास समन्वय उप–समिति गठन भएको छ ।

उप–समितिको सदस्यहरूमा रामकृष्ण चित्रकार (मन्त्री, बागमती प्रदेश), मीनकृष्ण महर्जन (बागमती प्रदेशसभा सदस्य), ऋषिराम घिमिरे (सह–महामन्त्री, कांग्रेस बागमती प्रदेश), जीवन डंगोल (सह–महामन्त्री, कांग्रेस बागमती प्रदेश) रहेका छन् ।

चिरिवावु महर्जन (प्रमुख, ललितपुर महानगरपालिका), गजेन्द्र महर्जन (उप–सभापति, ललितपुर कांग्रेस एवम् प्रमुख, गोदावरी नगरपालिका), राजन घिमिरे (सचिव, ललितपुर कांग्रेस एवम् उपाध्यक्ष कोन्जेसोम गाउँपालिका), गणेश केसी (सह–सचिव, ललितपुर कांग्रेस एवम् अध्यक्ष माहाँकाल गाउँपालिका), बीरबहादुर लोप्चन (अध्यक्ष, बागमती गाउँपालिका) र मुना अधिकारी (उप–प्रमुख, गोदावरी नगरपालिका) उप–समितिको सदस्यमा मनोनयन भएका छन् ।

Published : Tuesday, 2024 February 13, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया