कांग्रेसद्वारा महासमिति बैठकका लागि जितेन्द्रकाे उपसमितिलाई पूर्णता

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली कांग्रेस जिल्ला कार्यसमिति, ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा गठित “स्थानीय व्यवस्थापन उपसमिति”मा सदस्यहरु मनाेनयन गरेको छ ।

उपसमितिकाे सदस्यहरूमा गोविन्द पुडासैनी (काठमाडौं), सुशील बस्नेत (भक्तपुर), वशिष्ठकुमार अधिकारी (ललितपुर), ईन्द्रबहादुर थापा (काठमाडौं), राजेश खड्का (भक्तपुर) मनाेनयन भएका छन् ।
लक्ष्मी महर्जन (ललितपुर), यादवप्रसाद अधिकारी, (भक्तपुर), रोमेल श्रेष्ठ (काठमाडौं), सुन्दरमान थिङ्ग (ललितपुर) र शुभानन् रत्न धाख्वा (ललितपुर) उपसमितिकाे सदस्यमा मनाेनयन भएकाे कांग्रेसद्वारा आइतबार राति जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 February 11, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया