काठमाडौंमा जुवातास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–७ इट्टाखेल बस्ने तिलकबहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको जनाएको छ ।

चन्द्रागिरी नगरपालिका–७ बस्ने ३७ वर्षीय कृष्णबहादुर अधिकारी समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ५० रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Sunday, 2024 February 11, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया