स्टेजमै दुर्गेश थापालाई जुत्ता प्रहार, जुत्ता टाउकोमा बजारियो

काठमाडौं । स्याङ्जा जिल्लामा गायक दुर्गेश थापामाथि स्टेजमा प्रस्तुति दिइरहेका बेला जुत्ता प्रहार भएको छ ।

शनिबार राति वालिङ महोत्वसमा गीत गाइरहेका बेला थापामाथि जुत्ता प्रहार भएको हो । गायक थापालाई जुत्ताले टाउकोमा लागेको भिडियोमा देखिएको छ । जुत्ता लागेपछि थापाले आफ्नो प्रस्तुतिलाई छोट्याएका थिए ।

वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ महोत्सवमा प्रस्तुति दिन थापा स्याङ्जा पुगेका आएका थिए ।

थापाले प्रस्तुति दिइरहेका बेला दर्शक प्रकाश डुम्रेले स्टेजतर्फ आफ्नो जुत्ता प्रहार गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख (एसपी) सञ्जय राउतले बताएका छन् ।

प्रहरीले गायक थापालाई जुत्ता प्रहार गर्ने डुुम्रेलाई नियन्त्रणमा लिएको जनाएको छ । डुम्रेले मदिरा खाएको तालमा धेरै एक्साइटेड भएर जुत्ता फालेको बयान प्रहरीलाई दिएका छन् ।

आइतबार थापासहितको छलफलपछि प्रहरीले डुम्रेलाई पनि छाडिसकेको छ ।

अभिनेता पल शाहसँगको नबालिका गायिकालाई करणी गरेको प्रकरणमा गायक थापा मुछिएका थिए । त्यसपछि विभिन्न महोत्सवहरूमा थापामाथि आक्रमण हुँदै आएको छ ।

Published : Sunday, 2024 February 11, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया